शहिद पार्कमा फूल रोपियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शहिद पार्कमा फूल रोपियो

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०७८, शनिबार

    दुलेगौडा : शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको शहिद स्मृति पार्कमा फूलका बिरुवा लगाईएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी र भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) ले संयुक्त रुपमा पार्कको सुन्दरता बढाउन फूलको बिरुवा रोपेको हो ।

    स्थानीय प्रजातिका सयपत्री, मखमली, केमेरा, बाह्रमासे,निलकाँडा, मालती, कुबिजा लगायतका फूल रोपको वाईसिएल शुक्लागण्डकीका सचिव नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार २ सय बढी फूलका बिरुवा रोपिएको छ । फूलका बिरुवा रोपणसँगै पहिल्यै रोपण गरिएका बिरुवाको गोडमेल समेत गरिएको उनले बताए ।

    ‘पार्कको सुन्दरता बढाउन फूल रोपेका हौँ । यसअगाडी पार्क परिसरमा रोपिएको धुपी, अशोका, कपुरका विरुवाको पनि गोडमेल पनि गर्यौँ’, उनले भने । पृथ्वी राजमार्गसँगै जोडिएको पार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । जनयुद्धमा ज्यान गुमाएका शहिदको सम्मानमा यहाँ पार्क बनाइएको हो ।