भानु : केही दिनदेखि परेको वर्षाका कारण सोमबार पहिरो खस्दा डुम्रे–वेशीशहर सडखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा साेमबार बिहान ९ः३५ बजे पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
बाटो खुलाउनका लागि सडक विभागको जेसीबी लमजुङबाट आउँदै गरेको र बाटो सुचारु हुन दुई÷तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
तस्वीर : नवराज ढकाल