पार्टीको मूलधारमा फर्कनुहोस् : सांसद सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पार्टीको मूलधारमा फर्कनुहोस् : सांसद सिग्देल

    विवि श्रेष्ठ

    १५ भाद्र २०७८, बुधबार

    दमौली : नेकपा(एमाले) सम्बद्ध अखिल नेपाल किसान महासंघको भेला सम्पन्न भएको छ । किसान महासंघ जिल्ला अध्यक्ष सोमराज तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले तनहुँका पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केदार सिग्देलले पार्टीभित्रका समस्यालाई समाधान गर्न सबै मूलधारमा फर्कन आव्हान गरेका छन् ।

    व्यक्ति भन्दा पार्टी विशेष भएको चर्चा गर्दै उनले पार्टीमा गरेको योगदान निश्चित समयमा पार्टीले गर्ने बताए । उनले भने, “सम्पूर्ण पार्टी कार्यकर्ता र नेताहरुलाई पार्टीको मूलधारमा फर्केर समाज र देशप्रति उत्तरदायित्व वहन गर्नु पर्दछ ।”

    विषयवस्तुमा असमानता हुनु स्वभाविक हो, तर त्यसैलाई आधार मानेर पार्टी छोड्नु सान्दर्भिक नभएको सिग्देलको भनाई थियो । “हामी परिवर्तनमा विश्वास गर्दछ, जनताको परिवर्तन नै हाम्रो मूल ध्येय हो, यसका लागि नेकपा एमाले एकतावद्ध हुनुको विकल्प छैन,” सिग्देलले भने ।

    फरक प्रसंगमा सिग्देलले किसान महासंघ आफैमा कृषिसँग सम्वन्धित रहेको हुँदा जिम्मेवारीताका साथ उत्पादन, तथा विक्री वितरणमा जोडिनुपर्ने बताए । कृषिप्रधान देशमा न्यूनतम आधारभूत वस्तुसमेत परनिर्भर बन्नु दुखद भएको समेत बताए ।

    अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यहरु नारायण खनाल, देवु विष्ट, ईश्वर विष्ट, मित्र प्रसाद न्यौपाने, गोर्वधर्न नेपालीको उपस्थितीमा भएको भेलाले दश वटै स्थानीय तहमा अधिवेशन गर्ने निर्णय गरेको छ ।