दुलेगौँडा : नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शुक्लागण्डकीमा नगर कमिटी गठन गर्नलाई भेला आयोजक कमिटी गठन गरेको छ । नगरपालिकाका विभिन्न स्थानमा रहेका विद्यार्थीको नगरस्तरीय भेला मार्फत कमिटी गठन गरिएको हो ।
बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसमा भएको भेलाले आशिष भण्डारीको अध्यक्षतामा २५ सदस्यीय नगर भेला आयोजक कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विनिता भण्डारी, सचिवमा भक्तबहादुर विक, सहसचिवमा श्रीराज शाही र कोषाध्यक्षमा सागर बराललाई जिम्मेवारी प्रदान गरिएको छ ।
नेकपा माओवादी केन्द्र तनहुँका सचिवालय सदस्य खुमबहादुर विक राजु, माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङ र अनेरास्ववियु क्रान्तिकारीका तनहुँ अध्यक्ष डम्वर विक लगायतले विद्यार्थीलाई अध्ययन प्रति जागरुक बन्न आग्रह गरे ।