दुलेगौडा : मंगलबार बुबाको मुख हेर्ने दिन बुबा हुनेहरुले मिष्ठान भोजन खुवाएर उपहार प्रदान गरी मनाए । बुबा नहुनेहरुले भने स्मृतीमा स्नान, दान, पुजा अर्चना गरी मनाएका छन् ।
स्याङजाको आधिखोला गाउँपालिकास्थित बाङसीङ्गका स्वर्गीय जीवाखर उपाध्यायका छोरीले भने पशुचौपायलाई आहारा सहयोग गरेर मनाएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले छाडा चौपाय संरक्षणका लागी सञ्चालन गरेको गौ संरक्षण केन्द्रमा रहेका गाई गोरुलाई आहारा सहयोग गरेर मनाएका हुन् ।
पाँच बोरा चोक्कर, भेली र नुन ५÷५ केजी, औषधी सहयोग प्राप्त भएको गौ संरक्षण केन्द्रकी अध्यक्ष गीता महतले जानकारी दिईन् ।
गौ संरक्षण सबैको दायित्व भएकाले बुबाको मुख हेर्ने दिनमा सहयोग गरेको उनीहरुको भनाई छ ।
शुक्लागण्डकी–९ मा सञ्चालित गौं संरक्षण केन्द्रमा एक सय १० वटा गाई गोरुले संरक्षण पाएका छन् ।