विपन्न विद्यार्थी पढाउने जिम्मा पूर्व विद्यार्थीको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    विपन्न विद्यार्थी पढाउने जिम्मा पूर्व विद्यार्थीको

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दुलेगाैडा : दुलेगौँडास्थित पञ्चमुनिदेव माविका पूर्व विद्यार्थीले दुई जना विद्यार्थीलाई पढाउने जिम्मेवारी लिएका छन् । विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी पूर्व विद्यार्थी मञ्चले लिएको हो ।

    कक्षा ३ मा पढ्ने ऋतिक अधिकारी र कक्षा ५ मा पढ्ने मञ्जिला गुरुङको कक्षा १२ सम्मको शैक्षिक मञ्चले तिर्ने बुधबार घोषणा गरिएको छ । त्यसका लागि २०५३ सालमा पञ्चमुनीदेवबाट एसएलसी दिएका विद्यार्थीको नेतृत्वमा ५ लाख रुपैयाँको अक्षयकोष खडा गरिएको छ ।

    अक्षयकोषको व्याजले वार्षिक एकमुष्ठ शैक्षिक शुल्क तिरिदिने मञ्चका सचिव शान्तकुमार श्रेष्ठले बताए । पूर्व विधार्थी मञ्चले शुल्क तिर्नलाई कक्षा १२ सम्मै पञ्चमुनीदेवमै पढ्नुपर्ने प्रावधान रहेको छ । ‘शैक्षिक शुल्क तिर्न नसकेकै कारण पढाई छोड्नुपर्ने अवस्था आउन नदिनलाई प्रयास गरेका हौँ । अक्षयकोषको रकम वृद्धी भएपछि थप विद्यार्थी पढाउने जिम्मेवारी लिनेछौँ’, श्रेष्ठले भने ।

    पूर्व विद्यार्थीले थालेको अभियानले अन्य विपन्न विद्यार्थीलाई पनि पढाईमा हौसला मिल्ने विद्यालयका प्रधानध्यापक ध्रुवकुमार मल्लले बताए ।

    मञ्चका सल्लाहाकार करिम बक्स मियाँका अनुसार अक्षयकोष बढाएर १५ लाख रुपैयाँ पु¥याउने लक्ष्य छ । आफु सक्दो सहयोग गर्न पुर्व विधार्थीलाई उनको अपिल छ । मञ्चका अध्यक्ष शंकर पन्तले अक्षयकोष बढाउन लागि पर्ने प्रतिबद्धता जनाए ।