तीनखोले सहकारीको अध्यक्षमा शेरबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तीनखोले सहकारीको अध्यक्षमा शेरबहादुर

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७८, शनिबार

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित तीनखोले बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शेरबहादुर श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको आठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    सहकारीको उपाध्यक्षमा उपेन्द्र तिम्सिना, सचिवमा समुन्द्रराम श्रेष्ठ, कोषाध्यक्षमा हरिबहादुर थापा र सदस्यहरुमा भानुभक्त सुवेदी, अर्जुनकुमार श्रेष्ठ, सुजित हिराचन, केदार तिम्सिना, तुलसी श्रेष्ठ, गंगाराम श्रेष्ठ र लालुमाया आले चयन भएका छन् ।

    यसैगरी लेखा समिति संयोजकमा श्रीराम सुवेदी र सदस्यहरुमा पूर्णकुमार कायस्थ, विक्रम तिम्सिना चयन भएका छन् ।