दमौली : नेपाली काङ्ग्रेसको व्यास नगर सभापतिका उम्मेदवार डा. शेषरमण न्यौपाने र प्रतापसिंह गुरुङ उम्मेदवारबाट फिर्ता भएका छन् । शनिबार हुने अधिवेशनमा उम्मेदवारको प्रचार गरेका न्यौपाने र गुरुङ सभापतिको उम्मेदवारबाट फिर्ता भएका हुन् ।
आम सदस्यहरूबाट प्रगाढ माया पाएर पनि नेतृत्वको आग्रहलाई स्वीकार गर्नु कर्तव्य ठानी सभापतिको उम्मेदवारबाट फिर्ता भएको न्यौपानेले बताए । “आगामी दिनहरूपनि पार्टीका साथीहरूबीच निरन्तर आउनेछु र राजनीतिबाटै समाजको विकास गर्न सकिने मान्यताका साथ अझ क्रियाशील रहनेछु,” न्यौपानेले फेसबुकमा लेखेका छन् ।
यसैगरी गुरुङले अग्रजको सल्लाह बमोजिम आफू उम्मेदवारीबाट फिर्ता भएको बताए । “मेरो उम्मेदवारीप्रति सबैको सहयोग प्राप्त भयो, तर यस पटकका लागि उम्मेदवारीबाट हटेको छु,” उनले भने ।