धादिङ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले पार्टी नफुटेकोले कमजोर नआँक्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मंगलबार आमाको किरिया पुत्री बसेका नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई भेट्न धादिङ आएका काँग्रेसका वरिष्ठ नेता पौडेलले एमाले पार्टी नफुटेकोले एमालेसँगको प्रतिस्पर्धाको लागि काँग्रेस सक्षम हुनुपर्ने बताए ।
एमाले पार्टीगै भएकाले एमालेसँगको लडाइँलाई अझै सामान्य रूपमा नलिन नेता पौडेलले नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले जनताको भरोसाको केन्द्र कसरी नेपाली काँग्रेस बन्न सक्छ भन्ने कुरा प्रमाणित गर्नु आवश्यक रहेको भन्दै पार्टीले वडा स्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गर्नुपर्ने उल्लेख गरे ।
पार्टीको अधिवेशन तोकिएकै समयमा गर्न पार्टी लागेको बताउँदै आफ्नो स्वार्थको लागि लोकतन्त्रलाई जोखिममा राख्ने, पार्टीलाई जोखिम राख्ने र राष्ट्रलाई जोखिम राख्ने प्रवृत्तिसँग काँग्रेसको लडाइ रहेको नेता पौडेलले बताए ।