बार्सिलोना फर्किने मेसीको चाहना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोना फर्किने मेसीको चाहना

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७८, सोमबार

    एजेन्सी : फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार लियोनल मेसीले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीका भूमिकामा बार्सिलोना फर्किने चाहना व्यक्त गरेका छन् ।

    मेसीले बार्सिलोनामा दुई दशकभन्दा लामो समय बिताएका थिए । बार्सिलोनाबाट सबैभन्दा धेरै गोल गर्ने मेसी यसै सिजनको सुरुमा पीएसजीसँग अनुबन्ध भएका हुन् । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले वित्तीय संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न नसक्ने बताएपछि उनी पीएसजी आएका थिए ।

    ६ पटकको बालोन डी‘अर अवार्ड विजेता मेसीले बार्सिलोना फर्किनेबारे भने, ‘‘हो, मैले सधैँ भन्ने गरेको छु कि म बार्सिलोनामा फर्किएर जुनसुकै भूमिकामा क्लबलाई सहयोग गर्न चाहन्छु ।’’

    १० ला लिगा र चार च्याम्पियन्स लिगसहित बार्सिलोनाबाट ३५ उपाधि जितिसकेका मेसीले थपे, ‘म बार्सिलोनाका लागि प्रभावकारी र सहयोगी हुन चाहन्छु । मलाई टेक्निकल सेक्रेटरी हुन मन लागेको छ । तर, मलाई थाहा छैन कि यो बार्सिलोनामै हुनेछ । म बार्सिलोनालाई माया गर्छु । त्यसकारण क्लबलाई सहयोग गर्न म बार्सिलाना फर्किन चाहन्छु ।’’

    पीएसजी गएपछि मेसीले फ्रेन्च लिग वानमा अहिलेसम्म गोल गर्न सकेका छैनन् । तथापि, उनले च्याम्पियन्स लिगमा भने तीन गोल गरिसकेका छन् ।

    मेसीले छाडेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्ष गरिरहेको छ । बार्सिलोना अहिले नवौँ स्थानमा छ । बार्सिलोनाले ११ खेलबाट १६ अंक जोडेको छ । त्यो शीर्ष स्थानको रियाल सोसिडाडभन्दा ९ अंकले पछाडि हो । लिगमा खराब सुरुवात गरेपछि बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।