दमौली : एउटै छानामुनी सबै प्रकारका सामग्री विक्री गर्ने उद्धेश्य सहित दमौलीमा ‘बिहानी बजार’ डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको छ । व्यास नगरपालिका-२ भोर्लेटारचोकमा सञ्चालनमा आएको स्टोरको बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।
बिहानी बजारमा उपभोक्तालाई आवश्यक पर्ने सबै खालका सामग्री पाइने सञ्चालिका बसुन्धरा घर्तीले जानकारी दिइन् । यहॉ स्वस्थ र गुणस्तरीय सामग्री पाइने उनले बताइन् । उनका अनुसार यहॉ एक करोडको लगानी रहेको छ ।
पोखरा र कुश्मापछि बिहानी बजारले दमौलीमा स्टोर सुरु गरेको हो ।