पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको निर्वाचनका लागि तनहुँबाट पदाधिकारी सहित सदस्यमा उम्मेदवारी दर्ता भएको छ। सहमहामन्त्रीमा संविधानसभा सदस्य झुलबहादुर आलेको उम्मेदवारी परेको छ। उनी सभापतिका उम्मेदवार अर्जुन जोशीको टिमबाट उम्मेदवार हुन् ।
त्यस्तै सदस्यमा लक्ष्मीप्रसाद आचार्य, शान्तिरमण वाग्ले, माया राना, सरिता गुरुङ, सुरेश भट्टराई, हरिदत्त पौडेल, आशा थापा, अमृत नेपाली, चन्द्रमाया परियारको उम्मेदवारी परेको छ।