वैदेशिक रोजगारीका समस्या एकमुष्ट समाधान हुन्छ – श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    वैदेशिक रोजगारीका समस्या एकमुष्ट समाधान हुन्छ – श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७८, बिहीबार

    नवलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको एकमुष्ट समाधानको प्रयास भइरहेको बताएका छन् । नवरपुरको डण्डामा बिहीबार नेकपा (एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधानका लागि पहल गरिएको भन्दै केही समयभित्रै परिणाम देखिने बताए ।

    आन्तरिक तथा वैदेशिक रोजगारका समस्या र चुनौतीहरूको सम्बोधनका लागि मन्त्रालयले कार्यदल बनाएको चर्चा गर्दै उनले विद्यमान समस्याहरुको प्याकेजमै समाधान गरिने
    बताए । आफू श्रम क्षेत्र सुधारका लागि केन्द्रित रहेको मन्त्री श्रेष्ठको भनाइ छ । आफ्नो कार्यकालमा श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित गरिने उनले बताए ।

    सीप विकाससँग सम्बन्धित तालिमहरू अब एकीकृत संरचनामार्फत संचालन गर्न तयारी सुरु गरिएको पनि उनले जानकारी दिए । साथै उनले गण्डकी प्रदेशको पुर्वाधार विकासका लागि विभिन्न निकायसँग समन्वय गरि आफुले काम गरिरहेको बताए ।