काठमाडाै । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारी दावी गरेका शङ्कर भण्डारीले शेरबहादुर देउवाले आफूमात्रै सभापति बन्न खोजे स्वीकार्य नहुने बताएका छन् । पदाधिकारी नपाउने सङ्केतपछि केन्द्रीय सदस्य भण्डारीले उक्त कुरा बताएका हुन् ।
देउवालाई लामो समयदेखि सहयोग गर्दै आएका नेता कार्यकर्ताको उचित व्यवस्थापन गर्नुपर्नेमा भण्डारीले जोड दिएका छन् । देउवाले आफूमात्रै सभापति बन्ने सोच राख्नु दुर्भाग्य हुने बताए ।