दुलेगौडा । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले संगठन विस्तारलाई तीव्रता दिएको छ । मंगलबार अखिल क्रान्तिकारीले शुक्लागण्डकी नगरपालिका–११ राईपुरका तीन विद्यालयमा कमिटी विस्तार गरेको छ ।
आधारभुत मावि साँखे, महेन्द्र मावि हटिया र राजपुर मावि भुस्नापुरमा अखिलको कमिटी गठन गरिएको अखिल क्रान्तिकारी शुक्लागण्डकीकी उपाध्यक्ष विनिता भण्डारीले जानकारी दिइन् । उनका अनुसार आधारभूत माविमा निशान सुनारको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको सचिवमा अखिल मिजार चयन भए ।
महेन्द्र माविमा प्रवेश क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । समितिको सचिवमा प्रतिमा शाही चयन भएका छन् ।
राजपुर माविमा संसार हमालको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको छ । सचिन मिजार सचिव चयन भए ।
कार्यक्रममा अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष मिलन महत, शुक्लागण्डकी अध्यक्ष आशिष भण्डारी, नेकपा माओवादी शुक्लागण्डकी–११ का इन्चार्ज जिवन पोखरेल, वडा कमिटी सचिव राजु भण्डारी, शुक्लागण्डकी नगर कमिटी सदस्य तिलक मल्ल लगायतको उपस्थिति रहेको थियो ।