दमाैली । तनहुँको व्यास नगरपालिकाले २० हजारलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउन थालेको छ । नगरपालिकाले आइतबारदेखि १४ वटै वडाका स्वास्थ्य संस्था मार्फत् कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरेको हो ।
पहिलो मात्रा भेरोसेल र एष्ट्राजेनका लगाएका नागरिकलाई पुस २९ गतेसम्म दोस्रो मात्रा दिइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
नगरक्षेत्रभित्र बसोबास गर्ने अधिकांश नागरिकले कोरोना विरुद्धको खोप लगाएकाले निकट भविष्यमा नै नगरलाई खोपयुक्त नगर घोषणा गर्ने तयारी गरिएको सोतीले जानकारी दिए ।