दुलेगौँडा : शिलादेवी युवा क्लब हलेदीले आयोजना गरेको माघे संक्रान्ति कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । माघे संक्रान्ति पर्वको अवसर पारेर शुक्लागण्डकी नगरपालिका–२ हलेदी खेल मैदानमा आइतबारदेखी सुरु भएको हो ।
नयाँ पुस्ताका खेलाडीलाई खेलप्रति रुचि जगाउने उदेश्यले आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक शिलादेवी युवा क्बल ‘ए’ विजयी भएको छ । शुक्लागण्डकी नगरपालिका–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै शिलादेवी ‘ए’ दोस्रो चरण प्रवेश गर्न सफल भएको छ ।
दोस्रो खेलमा भने शिलादेवी ‘बि’ पराजित भएको छ । मिलनसार एक्लेखेत युथ क्लब नर्सरीले २–१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ रुपौयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा २० समुहले सहभागिता जनाएका छन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, योङ्ग ट्यालेन्ट, फेयर प्ले टिम, ईमर्जिङ्ग प्लेयर, बेष्ट फरवार्ड, बेष्ट डिफेन्डरलाई पनि पुरस्कृत गरिनेछ । हलेदी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।
फाइनल खेल माघे संक्रान्तिको दिन हुनेछ । सोही दिन क्बलले प्रथम शिलादेवी मिनि म्याराथनसँगै विभिन्न संस्कृतिक कार्यक्रम गर्दैछ ।