दमाैली । नेकपा एमाले तनहुँका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीले पदभार ग्रहण गरेका छन् । नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित श्रीप्रसाद श्रेष्ठ सहितका पदाधिकारीले बुधबार पार्टी कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपानेको उपस्थितिमा निवर्तमान अध्यक्ष केदार सिग्देलले पदभार ग्रहण गराएका हुन् ।
सो अवसरमा उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल लगायतले पदभार ग्रहण गरेका छन् ।