काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।
उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ ।
दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।