पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र मन्त्री यादवलाई कारवाही माग गर्दै दुलेगौडामा राँके जुलस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र मन्त्री यादवलाई कारवाही माग गर्दै दुलेगौडामा राँके जुलस

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७८, मंगलवार

    दुलेगाैडा । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शुक्लागण्डकीले मंगलबार दुलेगौडामा राँके जुलुस प्रदर्शन गरेको छ । पाँच दलीय गठबन्धनले जनताको ढाड सेक्ने काम गरेको भन्दै युवासंघले राँके जुलुस प्रदर्शन गरेको हो ।

    सिके राउतको हत्या गर्ने धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई कारवाही, स्थानीय तहको चुनावको घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको युवासंघका केन्द्रीय सदस्य इश्वर श्रेष्ठले जानकारी दिए ।