प्रहरीको सहयोगमा डालीले पाइन् हराएको मोवाइल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रहरीको सहयोगमा डालीले पाइन् हराएको मोवाइल

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७८, शुक्रबार

    दमाैली । व्यास नगरपालिका–२ निवासी डाली शाहीले हराएको मोवाइल पाएकी छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको सहयोगमा शाहीले मोवाइल फेला पारेकी हुन् ।

    पुस २६ गते दमौलीबाट पोखरा जाँदै गर्दा शाहीको २६ हजार मूल्य पर्ने मोवाइल हराएको थियो । उनले मोवाइल हराएको भनी प्रहरीमा निवेदन दिएकामा प्रहरीले शुक्रबार म्याग्दे गाउँपालिकास्थित अकलाबाट मोवाइल फेला पारी बुझाएको हो ।