दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मङ्गलबार दुई बस एक आपसमा ठक्कर खाँदा दश जना घाइते भएका छन् ।
डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना ५ ख ४९४१ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ८८३३ नम्बरको बस एक आपसमा ठक्कर खाँदा दुवै बसमा सवार दश जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा भानु नगरपालिका–९ बाइसजाँगर बस्ने २७ वर्षीय नविन श्रेष्ठ, गोरखा धुँवाकोट बस्ने ३० वर्षीया हिरा खड्का, भानु नगरपालिका–९ बस्ने २१ वर्षीय अरविन शाही, सोही ठाउँकी ५९ वर्षीया मिना श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका–५ बस्ने ३५ वर्षीया हर्षिका तामाङ, सोही ठाउँकी ५२ वर्षीया फूलमाया तामाङ, आँबुखैरेनी गाउँपालिका–२ बस्ने २७ वर्षीया निर्मला सुनार, सोही ठाउँका २३ वर्षीय प्रदीप सुनार, बन्दीपुर गाउँपालिका–५ बस्ने ४८ वर्षीया सानुमाया गुरुङ, गोरखा बकराङ बस्ने मेखबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये नविन श्रेष्ठको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ भने अन्य घाइते उपचारपश्चात् घर फर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिए ।
ना ५ ख ४९४१ नम्बरको बस चालक नियन्त्रणमा रहेका छन् भने अर्का बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।