दमौली । नेकपा एकीकृत समाजवादीले तनहुँमा संगठन विस्तारलाई तीव्र बनाएको छ । उक्त पार्टीले सबै स्थानीय तहमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको हो ।
भानु नगरपालिका-१२ घलेछापमा शनिबार आयोजित भेलाले निलबहादुर रानाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । उक्त भेलालाई नेकपा एसका नेताहरु विद्या ढकाल, तनहुँ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष श्रीराम पौडेल लगायतले सम्बोधन गरेका थिए ।
यसैगरी भानु नगरपालिका-१० मा श्याम श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।