तनहुँका डिएसपी खड्काले भने : पल शाह विरुद्ध उजुरी परेको छ, अनुसन्धान सुरु गरेका छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका डिएसपी खड्काले भने : पल शाह विरुद्ध उजुरी परेको छ, अनुसन्धान सुरु गरेका छौ

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७८, बुधबार

    दमाैली । नायक तथा मोडल पल शाह विरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको तनहुँ प्रहरीले पुष्टि गरेको छ । खबरपुञ्ज डटकमसँग कुराकानी गर्दै प्रहरी नायब उपरिक्षक युवराज खड्काले शाह विरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरेका हुन् । उनले भने, “जाहेरी परेको छ, अनुसन्धान सुरु गरेका छौ ।”

    १७ वर्षीया एक गायिकालाई जबरजस्ती करणी आरोपमा पीडितका परिवारले बुधबार प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन् । पीडित परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

    जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर अपराधमा कडा भन्दा कडा कारवाही गरी कानून बमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।