बाढीपीडितका लागि राहत सामग्री तयारी अन्तिम चरणमा, सुदीप गफ्फारको टोली भोलि नुवाकोट जाँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपीडितका लागि राहत सामग्री तयारी अन्तिम चरणमा, सुदीप गफ्फारको टोली भोलि नुवाकोट जाँदै

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८३, बुधबार

    दमौली, १७ भदौ । सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा बाढीपीडितसम्म पुर्‍याउने तयारी तीव्र पारिएको छ। विभिन्न सहयोगदाता तथा स्थानीयवासीको साथ र सहयोगमा संकलन भएका राहत सामग्रीहरू हाल प्याकिङ गरी व्यवस्थित गर्ने काम भइरहेको छ।

    विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको पीडामा मल्हम लगाउने उद्देश्यले संकलन गरिएको चामल, दाल, नुन, तेललगायत अत्यावश्यक खाद्यान्न सामग्री तथा लत्ताकपडा भोलि बिहीबार नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी गरिएको अभियान्ता गफ्फारले जानकारी दिए।

    “विपद्को घडीमा पीडित नागरिकलाई साथ दिनु सबैको साझा दायित्व हो,” भन्दै उनले सहयोगी मनहरूबाट प्राप्त सामग्रीलाई वास्तविक पीडितसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।