भोटेकोशी बाढीपीडितका लागि तनहुँ सौन्दर्य व्यवसायी संघको ६० हजार बढी रकम सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोटेकोशी बाढीपीडितका लागि तनहुँ सौन्दर्य व्यवसायी संघको ६० हजार बढी रकम सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८३, बुधबार

    तनहुँ, १७ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितका लागि तनहुँ सौन्दर्य व्यवसायी संघ नेपालले आर्थिक सहयोग गरेको छ।

    पीडित तथा प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले रु. ६० हजार १सय ५ रूपैया आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष विष्णु माया थापाले बताइन् । संघमा आबद्ध सम्पूर्ण सौन्दर्य व्यवसायीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा बुधबार जम्मा गरिएको थापाले बताइन् ।

    संघले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ। संघले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको सचिव आरती गुरुङले बताइन्। विपद्को यस कठिन घडीमा मानवीय सेवाभावका साथ राहत तथा उद्धार कार्यमा जुट्नु नागरिकको कर्तव्य भएको बताइएको छ ।