दमाैली । राष्ट्रिय युवा सङ्घ तनहुँले आइतबार दमौलीमा गरेको रक्तदान कार्यक्रममा १६ जनाले रगतदान गरेका छन् । व्यास नगरपालिका–३ स्थित अनसनचोकमा आयोजित कार्यक्रममा १६ जनाले रक्तदान गरेका हुन् ।
दमौली अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । अस्पतालमा रगतको अभाव नहोस् भन्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको सङ्घका जिल्ला अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवा सङ्घले गरेको पुण्यको कामको सराहना गरे ।