दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा सोमबार बिहान शङ्कास्पद वस्तु फेला परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी लगायतका दलहरुले आह्वान गरेको नेपाल बन्दका क्रममा मुसेखोलामा शङ्कास्पद वस्तु फेला परेको हो ।
शङ्कास्पद वस्तु के हो भन्ने बारेमा पहिचान नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शङ्कास्पद वस्तु निस्कृयका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ) का सैनिक टोली घटनास्थलमा पुगेको छ ।
शङ्कास्पद वस्तु फेला परेसँगै सवारी साधनलाई प्रहरीले रोकेको छ । नेपाल बन्दका कारण सार्वजनिक सवारी कम मात्रामा चलेका छन् भने निजी सवारी चलिरहेको छ । बजार क्षेत्रका पसल भने बन्द छन् ।