दमौली । कपडा तथा सिलाई व्यवसायी संघ तनहुँले फेसन डिजाइन सम्बन्धि सीप विकास तालिम सञ्चालन गरेको छ। केन्द्रीय महासंघको समन्वयमा भिमादमा फागुन २१ देखि २३ गतेसम्म तालिम सञ्चालन गरिएको हो ।
संघका जिल्ला अध्यक्ष हरि बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं सीप विकास प्रबर्द्धन समितिका सह संयोजक राम बहादुर घले, केन्द्रीय सदस्य एवं प्रशिक्षक कृष्ण कुमारी अधिकारी, संघका जिल्ला सचिव बसन्ती थापा, सहसचिव राम बहादुर गुइदेल, अन्जान परियारले मन्तव्य राखेका थिए ।
तालिममा दुलेगौंडा,बेलचौतारा, थाङ्दी, टेक्रे, ऋषिङपाटन र भिमादका गरि २१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।