व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका सुनुवारलाई (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका सुनुवारलाई (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७८, शनिबार

    दमौली । व्यास नगरपालिकाले शनिबार आयोजना गरेको पाँचौ अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जितेका छन्। । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी दुई घण्टा ५८ मिनेटमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन् ।

    प्रतियोगितामा मोहनदेव जोशी द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा पाँच मिनेटमा पार गरेका छन् । यस्तै नवराज साउद तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा नौ मिनेटमा पार गरेका छन् । द्वितीय र तृतीय पनि नेपाली सेनाको धावक हुन् ।

    म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ७८, द्वितीय हुनेलाई रु ६५ हजार ७८, तृतीय हुनेलाई रु ५५ हजार ७८ नगद प्रदान गरिएको व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    यसैगरी सुमन कुलुङ राई, गोपाल तामाङ, दुर्गाबहादुर बुा, शेरबहादुर गुरुङ र प्रमिश गुरुङ सान्त्वना भएका छन् । उनीहरुलाई जनही रु १६ हजार ७८ प्रदान गरिएको छ ।

    प्रतियोगितामा एक विदेशी सहित एक सय ६८ धावकको सहभागिता रहेको थियो । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

    यसअघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पोख्रेलले खेलकुदको माध्मयबाट पर्यटनको प्रबद्र्धनका लागि थालिएको प्रयास सराहनीय रहेको बताए । गण्डकी प्रदेश पर्यटनमा धनी रहेको चर्चा गर्दै पर्यटनबाट प्रदेशलाई समृद्ध बनाउने सोच राखिएको उनले बताए ।

    नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको उनले बताए । “पर्यटकीय गाउँ मानुङ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित म्याराथनले त्यस ठाउँको प्रबद्र्धन भएको विश्वास गरेका छौ,” न्यौपानेले भने ।