मिर्गौला पीडित खुश्वुलाई वाइसिएलको दुई लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडित खुश्वुलाई वाइसिएलको दुई लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७८, सोमबार

    दमौली । दुवै मिर्गौला पीडित व्यास नगरपालिका-१४ निवासी खुश्वु राना मगरको उपचारका लागि वाइसिएल नेपाल व्यास नगर समितिले दुई लाख भन्दा बढी रकम सहयोग गरेको छ ।

    विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलित दुई लाख सात हजार २९ मिर्गौला पीडित रानाका श्रीमानलाई हस्तान्तरण गरिएको वाइसिएल व्यास नगर समितिका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए ।

    वाइसिएलका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज इश्वर बस्यालले युवाहरु सामाजिक एवं रचनात्मक काममा लाग्नुपर्ने बताउँदै व्यास नगर समितिको कार्यको प्रशंसा गरे ।