दमाैली । नेपाली कांग्रेस भानु नगर कार्य समितिले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेकाे कारवाही फिर्ताकाे माग गरेकाे छ ।
भानु नगरका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेकाे बैठकले जाेशीमाथिकाे कारवाही फिर्ता गर्न माग गरेकाे हाे । भानुमा रहेका १३ वटै वडाबाट जाेशीमाथिकाे कारवाही फिर्ता लिन दबाब आएकाे बताइएकाे छ ।
बैठकले गोविन्दराज जोशी सहितका कार्यकर्ता असन्तुष्टि भई पाटीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारवाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेकाे ५ ।
गत प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल विरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जाेशीलाई कारवाही गरेकाे थियाे । त्यसयता जाेशीले स्वतन्त्र रुपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् ।