चैत २६ देखि आचारसंहिता लागु गर्ने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चैत २६ देखि आचारसंहिता लागु गर्ने तयारी

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७८, बुधबार

    काठमाडौं । निर्वाचन आयोगले ढिलोमा चैत २६ गतेदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । तीनै तहका सरकारले चुनावलाई प्रभावित पार्ने निर्णयहरू नगरुन् भनेर आयोगले चुनावको एक महिनाअघि नै आचासंहिता लागू गर्न लागेको हो ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता चैत मसान्त अघि नै लागू भइसक्ने बताए । त्यसका लागि आयोगले विहीबार होटल हिमालयमा दलका प्रतिनिधिहरू तथा सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ ।

    आयोगले चैत २२ गते सर्वदलीय बैठक बोलाउँदैछ । सो बैठकमा आचारसंहिता लगाउनेबारे दलहरूको राय मागिने र त्यो बैठकको छलफलका आधारमा आचारसंहिता लागू हुने थपलियाले बताए ।