जनताको कामलाई प्राथमिकता दिऔं, चुनावबाट जनताले फैसला गर्छन् : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जनताको कामलाई प्राथमिकता दिऔं, चुनावबाट जनताले फैसला गर्छन् : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७८, शुक्रबार

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। नेकपा एकीकृत समाजवादी आँबुखैरेनी गाउँ कमिटीले शुक्रबार आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै श्रममन्त्री श्रेष्ठले जनताको पक्षमा गरेको कामलाई जनताले चुनावबाट फैसला गर्ने बताए ।

    राजनीति भनेको जनताको सेवा गर्नका लागि भएको भन्दै श्रममन्त्री श्रेष्ठले भने, “जनताका लागि के कति काम गर्न सकियो त्यसको मूल्याङ्कनमा चुनावमा हुन्छ । जनताको पक्षमा काम गरे चुनावबाट जितिन्छ, नत्र हारिन्छ ।”

    मन्त्री श्रेष्ठले आफू जहिल्यैपनि जनताकै पक्षमा रहेको उल्लेख गर्दै भने, “तनहुँको विकासका लागि पक्ष विपक्ष नभनी, यो पार्टीको त्यो पार्टीको नभनी काम गरिरहेको छु, विकासमा राजनीति नगरौं ।” मन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचन नजिकिदै आइरहेकाले निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे ।