कांग्रेस तनहुँको प्रवक्तामा वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँको प्रवक्तामा वाग्ले

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७८, आईतवार

    दमौली । नेपाली कांग्रेस तनहुँको प्रवक्तामा हरि वाग्ले चयन भएका छन्। कांग्रेस तनहुँको आइतबार बसेको बैठकले वाग्लेलाई प्रवक्ता चयन गरेको हो ।

    शुक्लागण्डकी निवासी उनी यसअघि पनि प्रवक्ता रहिसकेका छन् । बैठकले जिल्ला सदस्य केशबहादुर सुनारको संयोजकत्वमा अनुशासन समिति र सभापति जितप्रकाश आलेको संयोजकत्वमा संसदीय समिति गठन गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    टिकट बॉड्ने संसदीय समिति गठन

    स्थानीय तहको निर्वाचनका लागि टिकट बॉड्ने संसदीय समिति गठन भएको छ। पार्टी सभापतिको संयोजकत्वमा गठित समिति सदस्यमा निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, मिरा जोशी, विश्व बास्तोला, केशबहादुर सुनार, डम्बर अधिकारी चयन भएका छन् ।