दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । विभिन्न वडामा मतदाता भेटघाटलाई तीव्र बनाएका जोशीले बुधबार सम्पर्क कार्यालय खोलेका हुन् ।
सम्पर्क कार्यालयको संविधानसभा सदस्य उर्मिला थापाले उद्घाटन गरिन् ।
सो क्रममा मेयरका उम्मेदवार जोशीले नगरको विकासका लागि आफू उम्मेदवार बन्न लागेको बताए । उनले पार्टीका भन्दा राम्रा उम्मेदवारलाई छान्न आग्रह गरे ।