भानु । भानु नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका १५ जनाले आकांक्षा देखाएका छन् । हालका मेयर उदयराज गौलीले पुन: मेयरका लागि इच्छा देखाएका छैनन् ।
उपमेयर आशा थापाले मेयरका लागि इच्छा व्यक्त गरेकी छन् । क्षेत्रीय सभापति श्याम मौराती, पूर्व सचिव लक्ष्मी आचार्य, चिनु पोख्रेल, आनन्दराज त्रिपाठी, टेकबहादुर गुरुङ, राजन श्रेष्ठ, विश्वेश्वर खनाल, विपिन्द्र अधिकारी, कमल पण्डित, सहदेव अधिकारी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहनी, छत्रराज भण्डारी र अर्जुन अधिकारीले मेयर दावी गरेका छन्।
यसैगरी उपमेयरका लागि रामकुमार श्रेष्ठ, उर्मिला पन्त केसी, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती र संगिता जिसीले दावी गरेका छन् ।