दमौली । नेकपा एमाले तनहुँले घरदैलो अभियान सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमालेले आइतबारदेखि घरदैलो अभियान सुरु गरेको हो।
व्यास-३ वडा कमिटीले देउरालीनगरमा घरदैलो गरेको जिल्ला कमिटी सदस्य अनिल पाण्डेले जानकारी दिए । स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउन घर-घर पुगेर मतदातासँग भेटघाट गरिने पाण्डेले बताए ।