दमाैली । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताकाे पहिलाे दिन व्यासमा २२ जनाकाे उम्मेदवारी परेकाे छ । व्यासमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित सदस्यहरुकाे उम्मेदवारी परेकाे हाे ।
नगरपालिकाको प्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट पार्वती कार्की, विवेकशील साझाबाट रमेशप्रसाद आचार्य र मङ्गोल नेशनलबाट अनिता थापा मगरको उम्मेदवारी परेको छ ।
उपप्रमुखमा मङ्गोल नेशनलबाट श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए।
वडाध्यक्षमा व्यास–३ मा विवेकशील साझाबाट नन्दबहादुर थापा, व्यास–४ मा मङ्गोल नेशनलबाट भक्तबहादुर गुरुङ, व्यास–५ मा मङ्गोल नेशनलबाट बेलीसरा थापा र राप्रपाबाट सीताराम शाही, व्यास–१० मा स्वतन्त्रबाट सागर घिमिरे, व्यास–११ मा विवेकशील साझाबाट दीपक पन्थ, व्यास–१३ मा मङ्गोल नेशनलबाट शम्भु थापा मगर र जनता समाजवादी पार्टीबाट दीपक थापाको उम्मेदवारी परेको छ ।
महिला वडा सदस्यमा व्यास–३ मा जसपाबाट धनमाया गौली, व्यास–५ मा राप्रपाबाट शीला शाही, दलित महिला सदस्यमा व्यास–५ मा राप्रपाबाट तारा सुनार, खुल्ला सदस्यमा व्यास–५ मा मङ्गोल नेशनलबाट इमानसिंह आले, राप्रपाबाट नरसिं दरै र चोखमान श्रेष्ठ, व्यास–६ मा जसपाबाट राजकुमार सार्की, व्यास–११ मा विवेकशील साझाबाट कमल गुरुङ र व्यास–१३ मा जसपाबाट सुविलाल आलेको उम्मेदवारी दर्ता भएको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन चेतावनी छ ।