दुलेगौडा । नेकपा एमालेले शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयर उम्मेदवार टुंग्याएको छ । एमालेले मेयरमा मुक्ति तिमिल्सना र उपमेयरमा फूलमाया वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तिमिल्सना एमाले नगर कमिटीका अध्यक्ष समेत हुन् । मेयरको दावेदारमा सविता रसाइली र श्यामराजा महत पनि थिए ।
२०७४ को निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धनबाट मेयरमा कांग्रेसका किसान गुरुङ निर्वाचित भएका थिए । उपमेयर सहित बहुमत वडा एमालेले जितेको थियो ।