व्यासमा सुरु भयो एमाले-जोशी समूहको घरदैलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा सुरु भयो एमाले-जोशी समूहको घरदैलो

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७९, बुधबार

    दमौली । व्यास नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि एमाले-जोशी समूहले बुधबारदेखि घरदैलो अभियान सुरु गरेको हो ।

    एमाले-जोशी समूहबाट मेयरका उम्मेदवार दीपकराज जोशी, उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती लगायत वडाका उम्मेदवारले व्यास-३ देउरालीनगरबाट घरदैलो सुरु गरेका हुन् ।उम्मेदवारहरुले मतदाता भेटघाट गर्दै आफूहरुलाई मत दिन आग्रह गरेका छन् ।

    मेयर उम्मेदवार जोशी एमालेको समर्थनमा स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् । उपमेयर उम्मेदवार घर्ती भने एमालेको चुनाव चिन्हमा मैदानमा छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १७ गते मात्र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेछ ।