नेताको प्रदक्षिणा नगरेको कारण टिकट पाइन : वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    नेताको प्रदक्षिणा नगरेको कारण टिकट पाइन : वाग्ले

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    दुलेगाैडा । नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले नेताको प्रदक्षिणा नगरेको कारण आफूले टिकट नपाएको गुनासो गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको मेयरका आंकाक्षी रहेका वाग्लेले बिहीबार सामाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गरेका हुन् । शुक्लागण्डकीको मेयरमा कांग्रेसबाट कृष्णराज पण्डितले टिकट पाएका छन् ।

    “टिकट त मिलेन मिलेन एक पटक हाम्रो विचार सोध्ने हिम्मत नगर्ने वा आवश्यकता नठान्नेहरु हाम्रो नजरबाट पातालमा गिरेका छन्,” उनले लेखेका छन्, “जब यति ज्ञान वुद्धि र विवेक छैन भने के को नेता प्रश्न मनभरी छ तर हाँसेर हिँडिएकै छ, काम समाजको गरिन्छ माम आफ्नै खाइन्छ, नगरको विकासका लागि जुनसुकै क्षेत्रमा प्रतिश्पर्धा गर्न आफूलाई सदा तयारीमा राख्ने प्रतिज्ञा गरिन्छ । सबै अटने काँग्रेसको नारा अझै, सधै उरालिन्छ ।”