दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्मगाउँ बाहुनपोखरामा नेकपा एमाले-जोशी समूहले घरदैलो गरेको छ। व्यास नगरपालिका-८ बाहुनपोखरामा एमाले-जोशी समूहबाट मेयरका उम्मेदवार दीपकराज जोशी र उपमेयरका उम्मेदवार बसुन्धरा घर्तीले सोमबार घरदैलो गरेका हुन् ।
उम्मेदवारहरुले उक्त वडाका बाहुनपोखरा, गाडापानी, रिस्ती, पुलिमराङ लगायतका ठाउँमा जनतासँग भेटघाट गर्दै मत दिन आग्रह गरेका थिए ।
सो क्रममा स्थानीयवासीले व्यासमा सरकार नभएको अनूभुति प्रकट गरेको जोशीले बताए। उपमेयरका उम्मेदवार घर्तीले अहिलेको नेतृत्वले जनतालाई नबनाइ आफू जनप्रतिनिधि मात्र बनेको आरोप लगाइन । नगरपालिकामा काम गर्नको उम्मेदवारी दिएको बताउँदै उनले व्यासमा नेतृत्व परिवर्तनको आवश्यक रहेको उल्लेख गरिन् ।