डिप्लोमा ईन्जिनियर्स कास्कीको जिल्ला अधिवेशन सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डिप्लोमा ईन्जिनियर्स कास्कीको जिल्ला अधिवेशन सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    पाेखरा । “सस्तो, सुलभ, बैज्ञानिक प्रविधिको विकास गरौं” , भन्ने नारा सहित डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । 

    पोखरा सभागृह चोकस्थित मिड टाउनको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कामेश्वर प्रसाद सिंहले डिप्लोमा ईन्जिनियर्सको हक अधिकारसँगै पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिए । अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्त रुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न नास्ट र डिन विच सहकार्य भएको र यो सहकार्य नेपालका डिप्लोमा ईन्जिनियरहरुको क्षमता विकास गर्न, ईन्जिनियरिङ्ग संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माणका लागि निकै फलदायी भएको छ अध्यक्ष सिंहले बताए  l

     कृष्णप्रसाद जमरकट्टेलको अध्यक्षता सम्पन्न जिल्ला अधिवेशनले डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कास्कीको जिल्ला कार्य समितिको अध्यक्षमा अनिल प्रसाद आचार्यलाई चयन गरेकाे छ । उपाध्यक्षमा शिशिर सुवेदी, सचिवमा संकल्प ढुंगाना, सह-सचिवमा कृतिक जगन्नाथ लामिछाने, कोषाध्यक्षमा प्रकाश बिसुराल र सदस्यहरुमा बिनोद केसी, सरोज पौडेल र सुमन अधिकारी चयन भएका छन् ।