मन्त्री किसान श्रेष्ठको चेतावनी– पोखरामा गठबन्धनले जितेन भने मुलुकमा ठूलो दुर्घटना हुन्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्री किसान श्रेष्ठको चेतावनी– पोखरामा गठबन्धनले जितेन भने मुलुकमा ठूलो दुर्घटना हुन्छ

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    पोखरा । श्रम, राेजगार तथा सुरक्षा मन्त्री समेत रहेका नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले पोखरा महानगरपालिकामा गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

    पोखराको चुनावी कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले पोखरामा त्यसको गुण तिर्नुपर्ने बताए ।

    उनले भने, ‘हामीले हाम्रो तत्कालीन अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर तपाईंहरुका पार्टी सभापतिलाई यही हातले विश्वासको मत दिएका हौं । यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने धेरै ठूलो दुर्घटनामा मुलुक जान्छ । त्यसैले जसरी पनि जिताउनुपर्छ ।’

    पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयर उम्मेदवार छन् ।