मेरो उम्मेदवारीमा भ्रम सिर्जना गर्न खोजियो, उम्मेदवारी कायमै छ : मेयर उम्मेदवार भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मेरो उम्मेदवारीमा भ्रम सिर्जना गर्न खोजियो, उम्मेदवारी कायमै छ : मेयर उम्मेदवार भट्टराई

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार महेश्वर भट्टराईले आफ्नो उम्मेदवारीप्रति भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । पुतली चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका भट्टराईले सोमबार विज्ञप्तीमार्फत् आफ्नो उम्मेदवारी कायमै रहेको बताए ।

    शुक्लावासी मतदाता समक्ष मत माग्दै घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा उम्मेदवारी प्रति शंका, उपशंका उत्पन्न गरी मतदातामा भ्रम सिर्जना हुने खालको गतिविधिको प्रचार प्रसार भइरहेको भन्दै उनले मतदातालाई भ्रमित नहुन आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘मैले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका र मेरो पिताजी स्व. तारापति भट्टराईको इमान्दारितालाई अनुसरण गर्दै हाल सम्म यहाँहरुको माया ममता बाट नै सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहिरहेको छु । तसर्थ यहाँहरुको साथ सहयोग माया ममता सदैव प्राप्त हुने नै छ भन्ने कुरामा विश्वस्त हुँदै मेरो उम्मेदवारी फिर्ता गर्नका लागि नभई एउटा सच्चा इमान्दार राजनीतिक कार्यकर्ता माथि भएको अन्यायको विरुद्धमा भएको हुनाले मेरो उम्मेदवारी अन्तिम समय सम्म नै कायम रहने जानकारी गराउँदछु ।’