‘भानुमा सबैकाे रोजाइ श्रीराम पौडेल’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    ‘भानुमा सबैकाे रोजाइ श्रीराम पौडेल’

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    भानु । तनहुँको भानु नगरपालिकाका उपमेयर उम्मेदवार श्रीराम पौडेलले युवाको रोजाईमा आफू परेको बताएका छन् । भानुका विभिन्न वडामा घरदैलो गर्दा युवाहरुको साथ र समर्थन आफूलाई प्राप्त भएको पौडेलले बताए ।

    पौडेलले सोमबार भानु नगरपालिका–६ र ७ का विभिन्न ठाउँमा मतदाता भेटघाट गरिरहेका छन् । मतदाता भेटघाटका क्रममा युवा, वृद्धवृद्धा लगायत सबैको सहयोगले हौसला मिलेको पौडेलले बताए ।

    May be an image of 5 people, people sitting, people standing and outdoors

    के छन् उनका योजना ?

    भानु नगरपालिकालाई समृद्ध बनाउन आफू सक्षम र योग्य उम्मेदवार रहेको दाबी गर्ने श्रीराम पौडेलले केही योजना सार्वजनिक गरिसकेका छन् । ‘आत्मनिर्भर भानु, स्वाबलम्बी भानुबासी, जनविकासका लागि नेकपा एकीकृत समाजवादी’ नारा तय गरेका छन् उनले ।

    मेकिङ भानु (भानु बनाउने) अभियान पनि उनले सुरु गरेका छन् । भानु नगरपालिकालाई देशकै समृद्ध, नमुना र रोजाईको नगर बनाउने ध्याउन्नले यो नारा तय गरिएको उनले बताए । उनले भने, मेकिङ भानु (भानु बनाउने) हाम्रो मुख्य ध्याउन्न हो । भानु नगरपालिकालाई देशकै समृद्ध, नमुना र रोजाईको नगर बनाउन नगरको मुख्य नारा नै मेकिङ भानु तय गरिएको छ ।’ भानु नगरपालिकालाई समृद्ध र नमुना बनाउन स्वदेशी तथा विदेशी लगानी जुटाउने र आगामी पाँच वर्षभित्र देशकै एक नम्बर नगरपालिका बनाउने उनको लक्ष्य छ ।

    May be an image of 5 people, people sitting, people standing, outdoors and tree

    पाँच छ जना परिवारका सदस्य भएको घरमा एक जनाको कमाईले परिवार पाल्न गाह्रो छ । त्यसैले परिवारलाई नै रोजगारी, व्यवसाय र सेवामार्फत स्वाबलम्बी बनाउने उनको लक्ष्य छ । उनी भन्छन्, ‘भानुका नगरका सबै परिवारलाई उद्यमशील बनाउने लक्ष्य छ । जसका लागि एक घर एक व्यवसाय अभियान सञ्चालन गर्र्दैछु ।’ भानुबासीको स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने योजना पनि उनका छन् । पर्यटन, संस्कृति, साहित्यको क्षेत्रमा पनि आमूल परिवर्तन गरी नगरलाई समृद्ध बनाउने उनका योजना छन् ।

    कृषि र पशुपालनबाट नै नागरिकलाई धनी बनाउन शुरुको दुई वर्षमै कृषि उत्पादन दोब्बर बनाउने गुरु योजना, नीति तथा कार्यक्रम लागू गर्ने, संघीय सरकारबाट वितरण हुने समाजिक सुरक्षा भत्तामा नगरले सतप्रतिशत थप गरी बैंकमार्फत भुक्तानीको व्यवस्था गर्ने, नगरपालिकालाई पाँच वर्षभित्र डिजिटल भानु बनाइने छ भने सबै घरमा निशुल्क वाइफाइ सुनिश्चित गर्ने, नयाँ सडक खन्ने नाममा हचुवामा जथाभावी डोजर चलाइने छैन, डाँडामाथि भ्यु टावर नबनाउने, रिङराेड निर्माण र नगरबस सञ्चालन गर्ने लगायतका थुप्रै याेजना रहेकाे उनले सुनाए ।

    को हुन् श्रीराम पौडेल ?

    श्रीराम पौडेल काठमाडौँमा शैक्षिक र सामाजिक क्षेत्रमा चिनिएको नाम हो । उनी शैक्षिक परामर्श व्यवसायमा क्रियाशील छन् भने विभिन्न विद्यालय तथा कलेजका सञ्चालक पनि हुन् । उनले नेपाल शैक्षिक परामर्श संघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत बहन गरिसकेका छन् ।

    पौडेल बालाजु जेसिजका संस्थापक अध्यक्ष हुन् भने २०१७ को ट्रेनिङ कमिस्नार तथा नेपाल जेसिज २०१८ को महासचिव पनि हुन् । हाल उनी नेकपा एकीकृत समाजवादी तनहुँका सचिवालय सदस्य रहेका छन् ।

    श्रीराम पौडेल समाजसेवामा पनि सक्रिय छन् । उनले समय समयमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग पनि गरिरहेका छन् । मानव सेवा आश्रमलगायतका आश्रयस्थलमा खाद्यान्न, लत्ताकपडासहित शिक्षा र स्वास्थ्यमा पनि उनले खर्च गर्ने गरेका छन् ।