भानु । भानु नगरपालिका–२ को महिला वडा सदस्यमा गोलाप्रथाबाट एमाले उम्मेदवार मीनाकुमारी श्रेष्ठ विजयी भएकी छन् । महिला वडा सदस्यमा श्रेष्ठ र काङ्ग्रेसकी विवा साहनीको ६३२÷६३२ मत आएपछि गोलाप्रथा गरिएको थियो ।
गोलाप्रथा गर्दा एमाले उम्मेदवार श्रेष्ठले एक मत बढी पाएपछि श्रेष्ठ विजयी भएको भानुका निर्वाचन अधिकृत मिनबहादुर कुंवरले खबरपुञ्जलाई जानकारी दिए ।