भानु–१३ को वडाध्यक्षमा काङ्गग्रेसका बागी विजयी, निवर्तमान वडाध्यक्ष पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु–१३ को वडाध्यक्षमा काङ्गग्रेसका बागी विजयी, निवर्तमान वडाध्यक्ष पराजित

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    भानु । भानु नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ । पाँच सय २१ मत प्राप्त गरी अधिकारी वडाध्यक्षमा विजयी हुनुभएको हो ।

    प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रामबहादुर बानियाँले चार सय ६५ र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले दुई सय दश मत प्राप्त गर्नुभएको छ ।

    वडा सदस्यहरुमा भने नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा सकिना खातुनले छ सय ७९, दलित महिला सदस्यमा शान्ता मौरातीले छ सय ३६, खुल्ला सदस्यमा चन्द्रविवश गुरुङले छ सय ५३ र भिमसेन अधिकारीले पाँच सय ७५ मत प्राप्त गर्नुभएको छ ।