बन्दीपुर । नेकपा माओवादी केन्द्र बन्दीपुर गाउँ कमिटीले निर्वाचनका क्रममा पार्टीभित्रैबाट अन्तघात भएको बताएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पराजित भएपछि माओवादीले मंगलबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै पार्टीका आधिकारिक उम्मेदवरलाई निर्वाचनमा पराजय गराउन पार्टीभित्रबाट अन्तरघात गरी अन्य पार्टीसँग साँठगाँठ गरेको देखिएकाले ध्यानाकर्षण भएको जनाएको छ ।
सुशासन सहित समृद्ध बन्दीपुरको २० वर्षे गुरुयोजनालाई कार्यान्वयन गरी अधुरा काम पूरा गरी पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, युवा सीप विकास र रोजगार, निर्माणमा माओवादीको साथ रहने विज्ञप्तीमा उल्लेख छ ।